नियम ८२
म्याद थप गर्न सकिने
(१) कसैले यस नियमावलीमा तोकिएको म्यादभित्र पेश्की फछ्र्यौट गर्न नसक्ने मनासिब कारण खुलाई निवेदन दिएमा कार्यालय प्रमुखले बढीमाएक्काईस दिनसम्मको म्याद थप गर्न सक्नेछ । सो भन्दा बढी थप म्याद दिनु पर्ने भएमा विभाग वा मन्त्रालयले मात्र म्याद थप्न सक्नेछ ।
(२) कुनै कामको ठेक्का स्वीकृति भईसकेपछि निर्धारित शर्त बमोजिम लिएको पेश्की फछ्र्यौट गर्ने म्याद बढाउनु पर्ने विशेष परिस्थिति पर्न आएमा कार्यालयले आफ्नो तालुक कार्यालयबाट निकासा लिनु पर्नेछ र यसरी म्याद थपिंदा जमानतको म्याद नाघ्ने भएमा त्यसको म्याद समेत बढाउन लगाउनु पर्नेछ ।